काठमाडौँ । आन्दोलनरत चिकित्सक र सरकारबिच सहमति भएको छ । सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत चिकित्सकहरुसँग भएको वार्तामा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भर्खरै सम्पन्न वार्ताबाट ६ बुँदे सहमति भएको हो । सहमतिपत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव डा दिपेन्द्ररमण श्रेष्ठ र ‘स्वास्थकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’का संयोजक डाक्टर शेषराज घिमिरेले हस्ताक्षर…