Logo

Breaking News 1

झन्डै १५ अंकले बढ्याे नेप्से, पाँच अर्ब ५४ करोडभन्दा बढीकाे खरिद–बिक्री



काठमाडौं । नेप्से परिसूचक आज १४.८८ अंकले बढेकाे छ । मंगलबार नेप्से सूचक १४.८८ अंकले बढ्दै २१ सय १९.६१ अंकमा उक्लिएको हो । यस दिन पाँच अर्ब ५४ करोड ४२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । सोमबार चार अर्ब ५६ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज बैंकिङ, फाइनान्स, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहको उपसूचक बाहेक ९ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी अन्य समूहको उपसूचक ३.५६ प्रतिशतले बढेको छ भने ट्रेडिङ समूहको उपसूचक १.७६ प्रतिशतले, होटल तथा पर्यटन समूह १.५९ प्रतिशतले र हाइड्रोपावर समूह १.४७ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ३ : ५५ बजे