Logo

Breaking News 1

दक्षिण एसियामा नेपाल चौथो कम भ्रष्टाचार हुने राष्ट्र



काठमाडौं । भ्रष्टाचार अवधारणा सूचकांकमा नेपालले दुई स्थान सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल टीआइ नेपालले २०२३ को सूची सार्वजनिक गर्दै यो वर्ष नेपाल गत वर्षभन्दा दुई स्थान तल झरेको हो । नेपाल भ्रष्टाचार व्याप्त मुलुकको सूचीमा रहेपनि अंकमा भने सुधार भएको ट्रान्सपरेन्सी इन्टरनेसनल टीआई नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले बताइन् । तर नेपाल भ्रष्टाचारव्याप्त मुलुकभित्र भने कायम रहेको उनको भनाइ छ ।

नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १०८औं स्थानमा छ । विश्वका १८० देशलाई समेटेर ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई)ले मंगलबार सार्वजनिक गरेको सूचकांकमा नेपाल १०८औँ स्थानमा देखाएको हो । सन् २०२२ को तुलनामा २०२३ को सूचीमा नेपालले दुई स्थान सुधार गरेको हो । सन् २०२२ मा नेपाल यो सूचीको ११०औँ स्थानमा रहेको थियो । सार्वजनिक गरिएको सूचीमा नेपालले १०० पूर्णाङ्कमा ३५ अंक पाएको छ । अघिल्लो वर्ष नेपालले ३४ अंक पाएको थियो ।

दक्षिण एसियाली राष्ट्रमा नेपाल चौथो कम भ्रष्टाचार हुने राष्ट्र बनेको हो । प्रतिवेदनमा ४० भन्दा कम अंक ल्याउने देशहरु अत्यधिक भ्रष्टाचार हुने देशअन्तर्गत पर्दछन् । सीपीआई २०२३ मा दक्षिण एसियाली राष्ट्रहरुमध्ये भुटान ६८ अंकका साथ २७औँ स्थानमा, भारत ३९ अंकका साथ ९३औँ स्थानमा, माल्दिभ्स ३९ अंकका साथ ९३औँ स्थानमा छन् ।

श्रीलंका ३४ अंकका साथ ११५औँ स्थानमा, पाकिस्तान २९ अंकका साथ १३३औँ स्थानमा, बंगलादेश २४ अंकका साथ १४९औँ स्थानमा र अफगानिस्तान २० अंकका साथ १६२औँ स्थानमा रहेका छन् । छिमेकी मुलुक चीन ४२ अंकका साथ सूचीको ७६औँ स्थानमा रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले राजनीति, वित्त, न्यायलगायत ६ वटा मापदण्डको आधारमा देशहरुलाई वर्गीकरण गरी २९ वर्षदेखि भ्रष्टाचारको सूचकांक सार्वजनिक गर्दै आएको छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  २ : २५ बजे