Logo

Breaking News 1

‘समुदायमा कांग्रेस’ अभियानका लागि जिल्ला जिल्लामा नेताहरू



काठमाडौं । नेपाली कांग्रेसले ७७ वटै जिल्लामा ‘समुदायमा कांग्रेस’ अभियान सुरु गरेको छ । शहीद दिवसको अवसर पारेर कांग्रेसले मंगलबारदेखि औपचारिक रुपमा अभियानको थालनी गरेको हो । अभियानका लागि पार्टीले तोकेका प्रतिनिधिहरु तोकिएका जिल्लाहरुमा पुगिसकेका छन् । जिल्लास्तरमा केन्द्रीय सदस्यहरु र प्रदेशस्तरमा पदाधिकारीहरु खटिएका छन् ।

यसअघि एक महिनाका लागि तय भएको कार्यक्रम राष्ट्रिय सभा निर्वाचनका कारण कांग्रेसले छोट्याएको हो । काग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम यात्रा थालिएको हो । यात्रा लागि जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधिहरु खटिइसकेको अवस्थामा अभियानको कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै फरक–फरक जिल्लामा फरक–फरक समुदायको बीचमा पुग्न र संवाद गर्न पार्टीले अर्को टोली बनाएको हो ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै फरक–फरक टोली बनाएको जनाएका हुन् । टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारीहरु सरिक रहनु छन् । तोकिएका जिल्लाहरुमा भिन्न–भिन्न समुदायका बीचमा भ्रमण, भेटघाट र छलफलहरुको संयोजन पार्टी जिल्ला कार्यसमितिले गर्ने जनाइएको छ । टोली माघ १६ गते शहीद दिवसदेखि २६ गते सुशील कोइराला स्मृति दिवससम्म जिल्लामा रहनेसमेत उल्लेख छ ।

महामन्त्री गगन थापाले अलग्गै ‘संवाद यात्रा’ गरिरहेका छन् । थापाले शनिबार झापाबाट शुरु गरेको यात्रा सोमबार राति सिराहा औरहीका कृषक तथा स्थानीयहरुसँग संवाद गरेका थिए । उनले माघ १३ गते मेचीबाट थालेको अभियान २६ गते महाकाली पुगेर टुंगिने छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  १२ : २९ बजे