काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले अरुण चौधरीलगायतलाई पक्राउ गर्नुको कारणबारे स्पष्ट पारेको छ । शुक्रबार सिआईबीले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लामो समयको अनुसन्धानको आधारमा चौधरीलगायत बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिनामा संलग्नलाई पक्राउ गरिएको स्पष्ट पारेको हो । च्याम्पियन फुटवेयरमा बाँसबारी छाला उद्योगको २५ प्रतिशत शेयर चौधरीले खरिद गरेको सीआइबीको भनाइ छ…