Logo

Breaking News 1

अनुगमन तथा मूल्यांकन सम्बन्धी विधेयक परिमार्जनसहित पारित



काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सभाबाट पारित भएर आएको अनुगमन तथा मूल्यांकन सम्बन्धी विधेयक परिमार्जनसहित पारित गरेको छ ।

समितिको बिहीबारको बैठकले अनुगमन तथा मूल्यांकन सम्बन्धी विधेयक २०७६ पारित गरेको हो । विधेयकले संघीय सरकारको संघीय आयोजना र संघीय सरकारको अनुदानमा सञ्चालित आयोजना अनुगमन तथा मूल्यांकन गर्ने व्यवस्था गरेको छ ।

२८ फागुन २०७६ मा राष्ट्रिय सभामा दर्ता भएको उक्त विधेयक २३ माघ २०७९ मा पारित भएर प्रतिनिधि सभामा आएको थियो । त्यो विधेयकमाथि झण्डै एक वर्षपछि गत आइतबारदेखि राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल सुरु भएको थियो ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ६ : १२ बजे