Logo

Breaking News 1

आईसीसी यू-१९ विश्वकप : भारतसँग खेल्दै नेपाल



काठमाडौं । जारी आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा नेपालले आज भारतसँग खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो १ः ४५ मा हुनेछ ।

यो विश्वकपमा भारत अपराजित छ भने नेपालले एक खेलमा मात्रै जित हासिल गरेको छ । भारत नेपाललाई पराजित गर्दै सेमिफाइनलको यात्रा सुनिश्चित गर्न चाहन्छ भने सेमिफाइनलको दौडबाट बाहिरिएको नेपाललाई भारतसँगको खेल प्रतिष्ठाका लागि मात्र हुने छ ।

 भारतले समूह चरणमा बङ्गलादेशलाई ८४, आयरल्यान्ड र अमेरिकालाई समान २०१ रनले पराजित गरेको थियो । समूह चरणमा न्यूजिल्यान्डसँग ६४ रन, पाकिस्तानसँग ५ विकेटले पराजित भएको नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गरेको थियो । नेपाललाई ६४ रनले पराजित गरेको न्यूजिल्यान्डलाई भारतले सुपर सिक्समा २१४ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ७ : ५३ बजे