काठमाडौं । नेपाल पत्रकार महासंघका अहिलेसम्मका सभापतिहरुहको बारे लेखिएको पुस्तक ‘अग्र अनुहार’ विमोचन गरिएको छ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को अवरोधका बाबजुद आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि पुस्तकको विमोचन गरिएको हो । लामो समयदेखि कायम रहेको महासंघको संस्थापक सभापतिको विवादलाई लिएर फोनिजका पदाधिकारीले अग्रज पत्रकारहरूमाथि उग्र व्यवहार देखाएका थिए । उनीहरुले मञ्चमा आसिन…