विराटनगर । कोशी प्रदेशका उदयपुर र खोटाङमा आइतबार भएको बेग्लाबेग्लै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उदयपुरको त्रियुगा नगरपालिका–२ भुल्के मा भएको मोटरसाइकल दुर्घटनामा २० वर्षीय आनन्द चौधरीको मृत्यु भएको छ । गाईघाट–फत्तेपुर सडक अन्तर्गत भुल्केमा निर्माणधीन ह्युमपाइपनजिक भएको दुर्घटनामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी चढेको स २ प ६६२२…