Logo

कोशी

सुनसरीमा लगाइएको कर्फ्यु हट्यो



काठमाडौँ । सुनसरीमा लगाइएको कर्फ्यु हटाइएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकार जयनारायण आचार्यका अनुसार जिल्लाको हरिनगरा, कोशी, देवानगन्ज, भोक्राहा–नर्सिङ गाउँपालिका र इनरुवा नगरपालिकामा लगाइएको कर्फ्यु हटाइएको हो ।

केही दिनअघि हरिनगरा गाउँपालिकामा एक समूहले स्थानीय जीवन मेहतालाई कुटपिट गरेपछि दुई समूहबीच झडपका साथै घटनाले उग्र रूप लिएको थियो ।

प्रहरीले झडपलाई नियन्त्रण गर्नका लागि हवाईफायर गर्नुका साथै कर्फ्यु लगाएको थियो ।

सुनसरी प्रशासनले दुई समूहआबीच भएको कुटपिटका कारण सामाजिक सद्भाव भड्किन नदिन भन्दै कर्फ्यु लगाइएको थियो ।

कुटपिटमा संलग्न विरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । साथै अन्यलाई पक्राउ पुर्जीको अनुमति लिएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  १२ : ५२ बजे