रौतहट । एक १३ वर्षीया नेपाली किशोरीलाई विभिन्न निकायको सहयोगमा उद्धार गरिएको छ । भारतीय शहर रक्सौल सीमामा भारतको सीमा सुरक्षा बल (एसएसबी), जुभेनाइल एड सेन्टर र डंकन अस्पतालको न्याय नेटवर्क परियोजनाको संयुक्त अपरेसनमा किशोरीको उद्धार गरिएको हो । किशोरीलाई विभिन्न प्रलोभन देखाएर भारततर्फ लैजादै गरेको अवस्थामा सीमा क्षेत्रबाट उद्धार गर्न सफल भएको भारतीय सुरक्षा…