पोखरा । नेपाल समानवादी पार्टी (नयाँ शक्ति)ले विभिन्न माग राखी गण्डकी प्रदेशका ११ वटै जिल्ला प्रशासन कार्यालयहरूमा प्रदर्शनसहित ज्ञापन–पत्र बुझाएको छ । आइतबार बिहान कास्की जिल्ला प्रशासन कार्यालयमा अगाडि प्रदर्शन गरी प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र (विज्ञप्ति) हस्तान्तरण गरिएको हो । देशभरि भइरहेको भ्रष्टाचारको अनुसन्धान, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक संसद, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री…