सप्तरी। सप्तरी जिल्लाको रुपनी गाउँपालिका–२ स्थित पौवाँमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एकै परिवारका दुई जनाको ज्यान गएको छ।जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदयकुमार राईका अनुसार मृतकहरू ४५ वर्षीय बालेश्वर खंग मण्डल र उनकी ४२ वर्षीया पत्नी रामकुमारी खंग हुन्। उनीहरूले आफ्नै घरमा सिटी रिक्सा चार्ज गर्ने प्रयास गर्दा करेन्ट लागेको प्रहरीले…