खोटाङ । पुर्खाको अन्त्यासँगै कपास खेती गरेर खाँडीको कपडा उत्पादन गर्ने प्रचलन हराइसकेको छ । तर खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको कात्तिकेमा एकादेशको कथाझैं बनिसकेको कपास खेतीलाई पुनर्जागृत गराइएको छ । नगरपालिकाले अनुदान उपलव्ध गराउन थालेपछि कात्तिकेमा आर्थिक वर्ष २०७६–०७७ देखि कपास खेती विस्तार गरिएको हो । साविकको महादेवस्थान–६ कात्तिकेस्थित जुनतारा आमा समूहमा आवद्ध ३४…