Logo

Breaking News 1

कोशीमा आन्दोलनरत पक्षलाई सरकारले वार्तामा बोलायो, आन्दोलन स्थगित



काठमाडौं । कोशी प्रदेशको पुनः नामकरण माग गर्दै आन्दोलनरत पहिचान पक्षधरलाई प्रदेश सरकारले वार्ताका लागि आह्वान गरेसँगै आन्द्योलनका कार्यक्रम फिर्ता भएका छन् ।

प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले मंगलबार प्रेस विज्ञप्तिमार्फत आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेका थिए ।

यसअघि आइतबार बसेको प्रदेशसभा बैठकमा बोल्ने अधिकांश प्रदेश सांसदहरुले प्रदेशको नामकरणमा असन्तुष्टि राखी आन्दोलन गरिरहेका पहिचान पक्षधरसँग वार्ताका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।

फागुन १७ गतेको प्रदेशसभाबाट प्रदेशको नाम कोशी पारित भएदेखि पहिचान पक्षधरले प्रदेश १ पुनः नामकरण संघर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  ८ : ५६ बजे