Logo

कोशी

कोशीको पानी धरान लैजान बजेट नदिए सांसदलाई धरान प्रवेशमा रोक लगाउने मेयर हर्कको चेतावनी



काठमाडौं । धरानका मेयर हर्क साम्पाङ्ग राईले यसपालिको बजेटमा कोशीको पानी धरान लैजाने बजेट नपारे सांसदहरुलाई धरान प्रवेश निषेश गर्ने चेतावनी दिएका छन् ।

मेयर राईले दिएको चेतावनीमा काठमाडौंका मेयर बालेन्द्र शाहले समर्थन जनाएका छन् । राईले लेखेका छन्,‘यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीय ज्युहरुलाई धरानमा निषेध गरिनेछ ! तल तीनकुने मै बोर्ड राखिनेछ फोटो सहित को ! ख्याल नठान्नु होला ! यो फेसबुक चलाउने मान्छे धरानको नगर प्रमुख हो भन्ने नभुल्नु !

यसअघि मेयर राईले कोशीको पानी धरान ल्याउने आफ्नो सपना रहेको बताएका थिए ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ९ : ५० बजे