काठमाडौं । प्रदेशको नाम कोशी राखेको विरोधमा शुरु भएको आन्दोलन हिंसात्मक बनेको छ ।
कोसी प्रदेश नाम खारेजीको माग राख्दै मंगलबार पहिचान पक्षधरले निकालेको झापाको दमकमा राँकेजुलुसमा प्रहरीले हस्तक्षेप गर्दा भएको झडपमा परेर आन्दोलनकारी र प्रहरी दुबै गरेर दुई दर्जन बढी घाइते भएका छन् ।
आन्दोलनकारीसँग भएको झडपमा परेर इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोजकुमार लामा, दुई प्रहरी निरीक्षकसहित दशजना प्रहरी घाइते भएका छन् । घाइते प्रहरीको दमकका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यता प्रहरीसँगको झडपका क्रममा १२ जना आन्दोलनकारी घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते प्रहरी र आन्दोलनकारीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया