खोटाङ । खोटाङ उद्योग वाणिज्य संघको अध्यक्षमा राजनप्रसाद आचार्य र महासचिवमा अजय बस्नेत निर्वाचित भएका छन् । कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवार समुन्द्रप्रसाद जोशीलाई १९६ मतले पछि पार्दै आचार्य वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएका हुन् । बिहीबार राति सार्वजनिक अन्तिम मत परिणामअनुसार निकटतम प्रतिद्वन्द्वी जोशीले १३८ मत ल्याउँदा आचार्यले ३३४ मत ल्याएका छन्…