Logo

कर्णाली प्रदेश

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ



सुर्खेत । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ बस्ने ४२ वर्षीय दावा गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ७५ रूपैयाँ र मोबाइल ७ थानसहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  १ : २० बजे