Logo

गण्डकी प्रदेश

गोर्खा वेल्फेयरको सहयोगमा लम्जुज्ञङको दोर्दीमा एक घर एक धारा निमार्ण हुने



लमजुङ ।  दोर्दी गाउँपालिका वडा नं. ६ हरिगाउँमा खानेपानी आयोजना निमार्ण हुने भएको छ । सो क्षेत्रमा विद्यमान खानेपानी समस्या हल गर्न गोर्खा वेल्यफेयर ट्रष्टको सयहेगमा एक घर, एक धार खानेपानी आयोजना निर्माण गरिने भएको हो । आयोजना निमार्णका लागि स्थानीयको उपस्थितीमा गोर्खा वेल्यफेयर ट्रष्ट, स्थानीय तह र उपभोक्ता समितविच त्रिपक्षिय सम्झौता भएको छ ।

गाउँपालिका अध्यक्ष युवराज अधिकारी र ट्रष्टका पोजेक्ट म्यानेजर वेलवहादुर गुरुङको उपस्थितीमा हरिगाउँ खानेपानी आयोजना २०८० असार १४ गते सम्म सम्पन्न गर्ने गरि सम्झौता भएको पालिका अध्यक्ष अधिकारीका स्वकिय सचिव हरि घिमिरले जानकारी दिए ।

आयोजना निमार्णको कुल लागत ३९ लाख ३१ हजार ८ सय ११ रुपैया ६७ पैसा रहेको छ । जममा गोर्खा वेल्फेयर ट्रष्टको ७५.९० प्रतिशत अर्थात् २९ लाख ८४ हजार १ सय ८२ रुपैया ४८ पैसा, उपभोक्ताको २४.१० प्रतिशत अर्थात ९ लाख ४७ हजार ६ सय २९ रुपैया २० पैसा लगानी रहनेछ । आयोजना निमार्णका लागि उपभोक्ता समितको लागत मध्ये १४ प्रतिशत बजेट गाउँपालिकाले व्यहोर्ने पालिका अध्यक्ष युवराज अधिकारीले वताए । बाँकी १० प्रतिशत भने उपभोक्ताको श्रमदान हुनेछ ।

आयोजना निमार्ण प्रक्रिया आगामी बैशाख २ गतेबाट सुरु गरिनेछ । आयोजना अन्तर्गत गाउँका ४३ घरदुरीमा शुद्ध खानेपानीका लागि निमार्ण गरिने एक घर एकघाराबाट हाल गाउँमा रहेका २ सय ३४ जनसंख्या लाभान्वित हुनेछन् । हालको मापन अनुसार उक्त गाउँमा प्रतिदिन ३४ हजार ५ सय ६० लिटर पानी आवश्यक पर्ने र सोही आवश्यकतालाई मध्यनजर गरी पानीको श्रोत पहिचान गरी आयोजना निमार्ण गरिने गोर्खा वेल्फेयर ट्रष्टका वेलवहादुर  गुरुङले बताए ।

हरिगाउँका वासिन्दाले हाल पुराना सार्वजनिक धारामार्फत खानेपानीको उपभोग गर्दै आएका छन् । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीय अव एक घर एक धारा वन्ने भएपछि आँगनकै धाराबाट नियमित खानेपानीको सुविधा पाउनेमा विश्वस्त छन् ।

गोर्खा वेल्फेयर ट्रष्ट र उपभोक्ताको लागत साझेदारीमा दोर्दी गाउँपालिकाकै वडा नंं ४ र ८ दुई वटा खानेपानी आयोजना निमार्ण सम्पन्न भइैसकेको छ भने पालिकाको अन्य वडामा एक घर एक धारा आयोजना निमार्ण गरिने ट्रष्टले जनाएको छ ।

नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन लमजुङको दोर्दी सहित देशभर विभिन्न १४ पालिकामा गोर्खा वेल्फेयरले उपझोक्ताको साझेदारी एक घर एक धारा खानेपानी अयोजना निमार्ण गरिरहेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ९ : ४१ बजे