Logo

प्रदेश

लुम्बिनीमा पीस हाफ म्याराथन सुरू, २ हजार बढि सहभागी



भैरहवा । शान्ति र संवृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिता सुरु भएको छ । अन्तराष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले  प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा देश भरका २ हजार ५ सय ५० महिलापुरुष खेलाडी मैदानमा उत्रिएका छन् । पुर्व  प्रधानमन्त्री केपी एमाले अध्यक्ष लुम्बिनीमा शान्ति दीपमा बालेको दीप ओलम्पिक कोच चन्द्र बहादुर  घले बिमला राना र मोहन  घलेलाइ दिएर  प्रतियोगिता सुरु गरेका हुन् । उनी एकेडेमीका  संरक्षक पनि हुन । मायादेवी मन्दिर अगाडिबात्त सुरु म्याराथनमा खेलाडीले  लुम्बिनी वरपर २ फन्को मारेर २१ किलोमिटरको दुरी पुरा गर्ने छन् ।

प्रतियोगितामा महिलापुरुष दुवैलाई छुट्टाछुट्टै पुरस्कृत गरिने छ । प्रतियोगितामा प्रथम हुने पुरुष  खेलाडीलाई १ लाख ५० हजार, दोस्रोलाई ७५ र, तेस्रोलाई ५० हजार रुपैया नगद पुरस्कार दिइने छ । महिला प्रथम हुनेले १ लाख ५१ हजार नगद पाउने छन् । दुवै विधामा दशौंसम्मका लागि नगद पुरस्कार राशीसंगै प्रमाणपत्र तथा मेडल प्रदान गरिनेछ ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  १० : ३९ बजे