Logo

कर्पोरेट

लक्ष्मी सन्‌राइज बैंकको उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण



काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ ।

काठमाडौं महानगरपालिकाको वडा न. १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वडा न.१६ स्थित खरिबोट, वनस्थलीमा स्थानान्तरण गरिएको छ । त्यसैगरी, काठमाडौं महानगरपालिकाको वडा न। २६ स्थित गोंगबु शाखा सोही नगरपालिकाको नयाँ बस पार्क नजिकै ल्होत्से मलमा स्थानान्तरण भएको छ ।

स्थानान्तरण गरिएका साबिकका खुसिबु र गोंगबु शाखाका ग्राहकहरूले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्नेछन् ।

स्थानान्तरण भए सँगै लक्ष्मी सन्‌राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास राखेको छ ।

हाल लक्ष्मी सन्‌राइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५८ शाखा, ३२१ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १३१ शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १२ : २८ बजे