Logo

अर्थ

तेस्रो लगानी सम्मेलन सोमबार सकिदै



काठमाडौं । सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलन दोस्रो दिन पनि जारी छ । सम्मेलन सोमबार(आज) सकिदैछ । समापन समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लगानी बोर्डका कार्यकारी निर्देशकलगायतले सम्बोधन गर्दैछन् ।

सम्मेलनमा सोमबार विभिन्न परियोजनाहरुमा सम्झौता गर्ने तयारीमा छ । लगानी बोर्डको कार्यालयका अनुसार सोमबार तीनवटा सम्झौता गर्ने तयारी छ । बोर्डका अनुसार आइतबार दुईवटा सम्झौता भइसकेको छ ।

आइतबार व्यवसायी बसन्त चौधरीको विएलसी होल्डिङ्स र भारतको योट्टा डाटा सर्भिसबिच लगानी सम्झौता भएको छ ।

विएलसीको तर्फबाट मेघा चौधरीले हस्ताक्षर गरेको तीन अर्ब रुपैयाँ लगानीमा नेपालमा बनाइने डाटा सेन्टरको लागि लगानी सम्मेलनको उद्घाटन सत्रमा सम्झौता भएको हो । सोमबार तीनवटा सम्झौता गर्ने तयारी छ ।

लगानी सम्मेलनमा विभिन्न ५५ देशका लगानीकर्ता सहभागी भएका छन् । सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागी भएका छन् ।

त्यसैगरी, चीनका २६५, भारतका १४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जना सहभागी छन् । दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ/नौ जना सम्मेलनमा सहभागी भएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ११ : ४६ बजे