इनरुवा । भोटेकोशी क्षेत्रमा भएको विपद्का कारण घाइते तथा उपचाररत बिरामीका लागि मधेस युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
रक्तदान कार्यक्रममा ६० पाउण्डभन्दा बढी रगत सङ्कलन भएको आयोजक संस्थाका उत्तम कार्कीले जानकारी दिए। विपद्का समयमा घाइते तथा बिरामीलाई आवश्यक पर्ने रगतको अभाव हुन नदिन सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए ।
कार्यक्रममा युवालगायत विभिन्न क्षेत्रका व्यक्तिले उत्साहपूर्वक रक्तदान गरेका थिए। रक्तदान जीवनदान भन्ने भावनासहित आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रहेको थियो।
आयोजक कार्कीका अनुसार विपद्का बेला मानवीय सेवाका लागि युवाको सहभागिता बढाउन तथा आवश्यक परेको अवस्थामा बिरामीलाई सहज रूपमा रगत उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।








प्रतिक्रिया