Logo

समाचार

अर्थमन्त्री र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता


१४ बैशाख २०८१, शुक्रबार  

46
Shares

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन र चिनियाँ अन्तर्राष्ट्रिय सहयोग एजेन्सीका अध्यक्ष लुओ चोउहुईबिच भेटवार्ता भएको छ ।

शुक्रबार मन्त्रालयमा सात सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल र नेपाली अधिकारीहरुबिच भएको उक्त भेटवार्तामा नेपाल र चीनबिच आर्थिक सहयोग समझदारीमा हस्ताक्षर भएको छ ।

चिनियाँ लगानीकर्ताले नेपालको विद्युत् प्रशारण लाइन निर्माण र टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययन लगायतका क्षेत्रमा लगानी गर्न चाहेको बताइएको छ ।

भेटवार्तामा अर्थमन्त्री पुनले नेपालमा हुन लागेको तेस्रो लगानी सम्मेलनमा चीन सरकारको तर्फबाट उच्चस्तरीय प्रतिनिधिमण्डल आएकोमा खुःसी व्यक्त गरे । उनले चीनसँगको विचारको आदनप्रदान गर्न पाउँदा खुशी व्यक्त गरे ।

उनले भने,‘नेपालमा हुन लागेको सम्मेलनमा चीन सरकारको तर्फबाट यहाँको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल आएको छ । यहाँहरु धन्यवाद व्यक्त गर्न चाहन्छु । नेपाल र चीन बीचको दुईपक्षीय सम्बन्ध र सहयोगको विषयमा यसअघि कुरा गरिसकेका छौं । यहाँहरुसँग विचारको आदान प्रदान गर्न पाउँदा खुशी व्यक्त गर्न चाहन्छु ।’

उनले विभिन्न प्रयास र सुधारका बाबजुदपनि हाम्रा आयोजनाहरु समयमा सम्पन्न हुन नसकेको भन्दै चीन सरकारको लगानी र सहायता आगामी दिनमा थप हुने र स्वीकृत आयोजनाको कार्यान्वयन पनि छिटो हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  १ : २३ बजे