Logo

कर्पोरेट

महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो अल इन वान खाता योजना, अब सबै सुविधा एउटै खातामा



काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ वर्षको अवसरमा महालक्ष्मी इन्भेस्टर्स शेयर सेभिङ खाता (अल इन वान) सञ्चालनमा ल्याएको छ । बैंकले शेयर किनबेच गर्ने शेयर लगानीकर्ताहरूलाई सबै सुविधा एकै खातामार्फत प्रदान गर्ने उद्देश्यले उक्त खाता सञ्चालनमा ल्याएको जनाएको छ ।

यस खाताअन्तर्गत बचतकर्ताले बचत खाता, डिम्याट खाता, मेरो शेयर, सि– आस्बा तथा टीएमएस खाताको सुविधा एकै खातामार्फत लिन सक्नेछन् । शून्य मौज्दातमै खोल्न सकिने यो खातामा डिम्याट खाता तथा टीएमएस खाता नि:शुल्क खोल्नुका साथै मेरो शेयर तथा सि–आस्बा दर्ता गर्न पनि शुल्क नलाग्ने बैंकले जनाएको छ ।

यस योजनामा टीएमएस खाताका लागि विभिन्न स्टक ब्रोकर कम्पनीहरूसँग आवश्यक सहकार्यसमेत बैंक स्वयम्‌ले गर्ने बताइएको छ । यसबाट शेयर लगानीकर्ताहरूको स्टक ब्रोकर कम्पनीहरूसँगको पहुँचमा वृद्धि हुनुका साथै समयको बचत पनि हुने विश्वास बैंकको छ ।

विगत २९ वर्षदेखि बैंकिङ सेवा दिँदै आइरहेको महालक्ष्मी विकास बैंकले हाल देशभर रहेका आफ्ना १०३ शाखा कार्यालयहरूमार्फत करिब ७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  १० : ०५ बजे