Logo

मुख्य समाचार

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढ्यो



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढाउने निर्णय गरेको हो ।

निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ९ : २१ बजे