काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले संविधानले निर्देश गरेका कानुनहरु बनाउने सवालमा सबै दललाई एक ठाउँमा उभिन आग्रह गरेका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा विषेश समयमा बोल्दै उनले दलका प्रतिनिधिहरु सदनभित्र बस्दा जुन–जुन खण्डमा गएर बसेपनि कानुनहरु बनाउने सवालमा सबै एक ठाउँमा उभिन आवश्यक रहेको बताए । उनले भने,‘टीआरसीसँग सम्बन्धित कानुन बनेको छैन् ।
हामी दलका प्रतिनिधिहरु यही सदनभित्र बस्दा कहिले कुन खण्डमा गएर बस्छौं कहिले कुन खण्डमा बस्छौं । तर संविधानले निर्दिष्ट गरेका कतिपय कानुनहरु बनाउने प्रसंगमा हामी सबै एक ठाउँमा हुन आवश्यक छ ।’
उनले शान्ति प्रक्रियासँग सम्बन्धित कानुन खासगरी सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता सम्बन्धी आयोगको विषय पनि अल्झिएर बसेको भन्दै त्यसलाई छिटै टुङग्याउनु आवश्यक रहेको पनि बताए ।
प्रतिक्रिया