Logo

खेलकुद

आईपीएलमा आज दुई खेल हुँदै



काठमाडौं । जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन् । पहिलो खेल नेपाली समय अनुसार पाैने ४ बजेदेखि गुजरात टाइटन्स र सनराइजर्स हैदरावादबीच हुने छ ।

त्यस्तै दोस्रो खेल नेपाली समय अनुसार राति पाैने ८ बजेदेखि दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच हुने छ । गुजरात टाइटन्स र सनराइजर्स हैदरावाद दुवैले आफ्ना २र२ खेलमा एक एक खेल जितेका छन् भने एक एक खेलमा हार बेहोरेका छन् ।

गुजरातले पहिलो खेलमा चेन्नईविरुद्ध हार बेहोरेको थियो भने दोस्रो खेलमा मुम्बईलाई पराजित गरेको थियो । त्यसैगरी सनराइजर्सले पहिलो खेलमा कोलकोता नाइट राइडर्ससँग हार बेहोरेको थियो भने दोस्रो खेलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ९ : ४६ बजे