Logo

खेलकुद

आईपीएल : जारी सिजनमा लखनउकाे पहिलो जित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सले जारी सिजन पहिलो जित हासिल गरेको छ ।

शनिबार राति सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सले पञ्जाबलाई २१ रनले पराजित गरेको हो । लखनउले दिएको २०० रनको लक्ष्य पछाएको पञ्जाब निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७८ रन मात्रै बनाउन सक्यो ।

पञ्जाबका लागि कप्तान शिखर धवानले ७० रनको अर्धशतकीय पारी खेले । यता लखनउको लागि मयंक यादवले ३ विकेट लिए । यस्तै मोहसिन खानले २ विकेट हात पारे । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९९ रन बनाएको हो ।

योसँगै जारी सिजन लखनउले पहिलो जित हासिल गरेको छ । २ खेलमा २ अंक जोडरको लखनाउ पाँचौ स्थानमा उक्लिएको छ । पराजित पञ्जाब भने ३ खेलबाट २ अंकसहित छैटौं स्थानमा झरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ६ : ४३ बजे