Logo

मुख्य समाचार

दुर्घटना अपडेट : त्रिशूलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु



चितवन । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ ।

चितवनको इच्छाकामना-५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूलीमा खसेको हो ।

ट्याक्सीमा रहेका पाँच जनालाई नदीबाट  मृत अवस्थामा निकालिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

मृत्यु हुनेमा एक बालिका, २ जना महिला र २ पुरुष रहेका छन् । उनीहरूको पहिचान भइसकेको छैन ।

ट्याक्सीमा कति जना सवार थिए भन्ने यकिन नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ९ : १९ बजे