Logo

मुख्य समाचार

डोटीमा डढेलोमा परी एक महिलाको मृत्यु


१६ चैत्र २०८०, शुक्रबार  

0
Shares

काठमाडाैं । डोटीमा वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । शिखर नगरपालिका–४, सेलबुंगाकी ४१ वर्षीया चन्द्रादेवी भण्डारीको जंगलमा लागेको डढेलोले जलेर घाइते भएकी र उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

पातालीसैन सामुदायिक वनमा सिँचाइका निम्ति कुलो खन्न गएकी भण्डारी वनमा लागेको डढेलोले जलेर घाइते भएकी थिइन् ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ९ : ०७ बजे