Logo

मुख्य समाचार

एसएसपी अधिकारी डीआइजीमा बढुवा सिफारिस


१६ चैत्र २०८०, शुक्रबार  

23
Shares

काठमाडौं । सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक अधिकारी प्रहरी नायब महानिरीक्षक (डीआइजी) बढुवामा सिफारिस भएका छन् ।

बिहीबार बसेको बढुवा समितिको सचिवालय बैठकले एसएसपी दीपक अधिकारीलाई डिआइजीमा बढुवा सिफारिस गरेको हो ।

अधिकारीलाई सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम बढुवा सिफारिस गरिएको समितिले जनाएको छ ।

सशस्त्र प्रहरीमा एक जना डिआइजीको दरबन्दी रिक्त थियो। बढुवा सिफारिसउपर चित्त नबुझे नियमावलीको ५५ मा व्यवस्था भएबमोजिम सात दिनभित्र उजुरी सुन्ने समितिमा उजुरी दिन सकिने सचिवालयले सूचना मार्फत जानकारी गराएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ८ : ४९ बजे