Logo

मुख्य समाचार

‘शिक्षा बाँच्न सिकाउने हुनुपर्छ’



काठमाडौं । स्कुल र कलेजका किताबमा पोख्त भएर आफ्नै व्यक्तिगत काम पनि गर्न नसक्ने युवाले लिएको शिक्षा व्यवहारिक नहुने उपसभामुख इन्दिरा राना मगरले बताएकी छन् ।

राष्ट्रिय नाचघर जमलमा मंगलबार आयोजित राष्ट्रिय फोटोपत्रकार समूहको वार्षिक भीत्तेपात्रो विमोचन, सिजन मिडियाको मिस इकलेज-२०२४ र समाज सेवाका क्षेत्रमा क्रियाशील व्यक्तित्वको सम्मान कार्यक्रममा उनले बाँच्न सिकाउने व्यवहारिक शिक्षामा जोड दिएकी हुन् ।

‘शिक्षा परिवारबाट सुरु हुन्छ, अभिभावकबाट लिन सकिन्छ । हातमा डिग्रीको सर्टिफिकेट लिएर आफ्नो लुगा धुन र खाना पकाउन पनि नजान्ने हो भने शिक्षा व्यवहारिक मान्न सकिँदैन,’ उनले भनिन्, ‘कडा परिश्रम, सरलता र इमानदारिता हुनुर्छ ।’ युवाहरुले अहिले विभिन्न मञ्चमार्फत आफ्नो व्यक्तित्व विकासको बाटो खोज्नुलाई सहज रुपमा लिनुपर्ने पनि उनले बताइन ।

कार्यक्रममा राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले राज्यका आँखामा पर्न नसकेकालाई सम्मान गरेर आयोजक संस्थाले उदाहारणीय काम गरेको बताए । ‘सामाजिक काम गर्नेको सम्मान गर्न सके समाजले हामीलाई सममन गर्छ,’ उनले भने ।

कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा काम गरेकाहरुलाई सम्मान गरिएको थियो भने इकलेजका सहभागी १६ जनाले प्रतिभा प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ८ : १९ बजे