Logo

खेलकुद

आयरल्यान्डविरुद्धको पहिलो खेलमा नेपाललाई गुल्सनले दिलाए तेस्रो सफलता



काठमाडाैं । आयरल्यान्डविरुद्धको पहिलो खेलमा नेपालका गुल्सनकुमार झाले तेस्रो सफलता दिलाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर फिल्डिङमा आएको नेपालका गुल्सनले ६.२ ओभरमा तेस्रो सफलता दिलाएका हुन् ।

जारी खेलको सात ओभर समाप्त हुँदा आयरल्यान्डले तीन विकेट गुमाएर ४३ रन बनाएको छ । नेपाल ‘ए’ ले आयरल्यान्ड वुल्भ्ससँग पाँच ट्वान्टी–२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ ।

जसअन्तर्गत सुरुका दुई ट्वान्टी–२० खेल रोहितकुमार पौडेलको नेपाली सिनियर टिमले खेल्दा बाँकी खेल भने विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ ले खेल्नेछ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  १ : ४५ बजे