Logo

अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुनमा तोलाको दुई सय र चाँदीमा १५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शनिबार सुनको मूल्य सार्वजनिक नहुने र आइतबारसार्वजनिक बिदा परेकाले सुनको एकैचोटी सोमबार सुनचाँदीको मूल्य सार्वजनिक भएको हो ।

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको १ लाख २६ हजार ७ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन तोलाको १ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी आज तोलाको एक हजार पाँच सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ११ : ३१ बजे