Logo

मुख्य समाचार

हुम्लामा जीप दुर्घटना, २ को मृत्यु ६ जना घाइते



काठमाडौं । हुम्लामा जीप दुर्घटनामा शनिबार २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा अदानचुली-५ का अन्दाजी ३५ वर्षीय फागुने लोहार र १३ वर्षीय प्रवेश ऐडी रहेको प्रहरीले जनाएको छ ।

अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरबाट वडा नं. ५ को बारीगाउँ जाँदै गरेको सु. ००१ ज ११८३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख डीएसपी रवीन्द्र खनालले बताए ।

दुर्घटनामा घाइते हुनेहरुको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ६ : ०४ बजे