Logo

मुख्य समाचार

बैंक तथा वित्तीय संस्था ऐन संशोधन विधेयक संसदमा दर्ता



काठमाडौं । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले विधेयक दर्ता गरेका हुन् । उनका अनुसार संविधान बमोजिम तीन वटै तहका सरकारको वित्तीय अधिकारलाई व्यवस्थित रुपमा कार्यान्वयन गर्नका लागि प्रचलित ऐन संशोधन गर्न लागिएको हो ।

यो विधेयक संसदमा पेश गर्न अर्थ मन्त्रालयलाई २५ माघ २०८० मा बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृति दिएको थियो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विकसित वित्तीय प्रणाली, वित्तीय औजार, वित्तीय सुरक्षा, वित्तीय जोखिम समेतका आधारमा बैंक तथा वित्तीय संस्थाको प्रभावकारी व्यवस्थापन एवम् नियमन गर्ने विधेयकको उद्देश्य छ ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  २ : १४ बजे