Logo

मुख्य समाचार

शाखा अधिकृतको तीन करोड २१ लाख अवैध सम्पत्ति, अख्तियारले चलायो भ्रष्टाचार मुद्दा



काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणका शाखा अधिकृत याम कुमार कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको छ ।

कार्कीले पदीय मर्यादा विपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरी अख्तियारमा परेको थियो । सो सम्बन्धमा छानबिन हुँदा उनको तीन करोड एक्काइस लाख बत्तीस हजार नौ सय छपन्न रुपैयाँ पचहत्तर पैसा बराबरको सम्पत्ति वैधानिक देखिएकाले सोही बराबरको रकम बिगो मागदाबी लिइएको छ।

यस्तै अवैध सम्पत्ति असुल उपर गर्ने प्रयोजनका लागि निजकी पत्नी देवका अधिकारीलाई समेत प्रतिवादी कायम गरी सम्पत्ति जफतको मागदाबी लिई बिहीबार विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  १ : ३१ बजे