Logo

मुख्य समाचार

जातीय विभेदविरुद्ध शान्ति समाजको प्रर्दशन



काठमाडौं । सामाजिक न्यायका लागि क्रियाशील मानव अधिकार तथा शान्ति समाजले छुवाछुत, भेदभावका घटनामा संलग्नहरुलाई दण्डीत गर्न जोड दिँदै विभिन्न जिल्लामा प्रदर्शन गरेको छ ।

‘सभ्यता र संविधान विपरित छुवाछुत र जातीय भेदभाव कहिलेसम्म’ भन्ने नारा सहित समाजले विहीबार काठमाडौं, चितवन, सुर्खेतलगायतका जिल्लामा प्रर्दशन गरेको जनाएको छ ।

जातीय विभेद उन्मुलनका लागि अन्तर्राष्ट्रिय दिवस २१ मार्चका सन्दर्भ पारेर बिहीबार   शान्ति समाज काठमाडांै शाखाले जोरपाटीमा, चितवन शाखाले भरतपुरमा प्रर्दशन गरेको समाजकी उपनिर्देशक सरिता पौडेलले जानकारी दिइन् ।

सुर्खेत शाखाले भने वीरेन्द्रनगरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । यस्तै, पाल्पा, दाङ, नवलपुर लगायत शाखाहरुले विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गर्ने पौडेलले जानकारी गराइन् । सन् १९६० को मार्च २१ मा दक्षिण अफ्रिकाको सार्पभिलमा रंगभेदी कानून विरुद्ध आयोजित शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ६९ जनाको मृत्यु भएको थियो । सो बर्बरताको विरोध र त्रासदीको स्मरण गर्दै विश्वभर आज जातीय विभेद उन्मुलनका लागि अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रमको आयोजना गरी मनाईंदै छ ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  १२ : ३६ बजे