Logo

मुख्य समाचार

‘जलवायु परिवर्तनका बद्लावहरुका कारण विपद् व्यवस्थापन चुनौतीपूर्ण’



काठमाडौं । उर्जा जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनले विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित पूर्वसुचना प्रणाली सम्बन्धी सिकाइ आदानप्रदान कार्यशालामा बोल्दै उनले, बढ्दो तापमानसँगै जलवायु परिवर्तनमा बद्लावहरु आइराखेको भन्दै त्यो बद्लावले विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताएका हुन् ।

उनले भने,‘बढ्दो तापमानसँगै जलवायु परिवर्तनमा महशुुस गर्न सकिने र देख्न सकिने खालका बद्लावहरु आइराखेका छन् । जलवायु परिवर्तनको प्रभावको रुपमा मौसमजन्य घट्नाहरु दिनानु दिन बढ्दै गइराखेका छन् । त्यो अनिश्चित प्रक्रियाको भएको कारणले विपद् व्यवस्थापन हामी सबैको लागि अलि बढि चुचुनौतीपूर्ण बनिराखेको छ ।’

उनले पूर्व सूचना प्रणालीलाई व्यवस्थित गर्न सकेमा विपद्जन्य जोखिमहरुबाट सुरक्षित गर्न सकिने धारणा राखे ।

उनले भने,‘हामीले पूर्वसूचना प्रणालीलाई जति व्यवस्थित गर्न सक्छौं । पूर्वानुमान पूर्वसूचनासम्म पुगेको सूचनाको प्रसारण सबैको बीचमका गर्न सकियो भने मलाई लाग्छ यो विपद्जन्य जोखमहरुबाट सुरक्षित गर्न धेरै हदसम्म सकिन्छ ।’

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  १२ : १४ बजे