Logo

मुख्य समाचार

दाउरा काट्ने क्रममा रुखबाट लडेर वडा सदस्यको मृत्यु



धादिङ । धादिङको निलकण्ठ नगरपालिका–१० का वडा सदस्य खिरेन्द्रप्रसाद तिमिल्सिनाको रुखबाट लडेर मृत्यु भएको छ ।मंगलबार विहान दाउरा काट्न रुख चढेका उनी भुँइमा लडेका थिए ।

केहीबेर पछि परिवारले थाहा पाएर उपचारका लागि अस्पताल लैजाने प्रयास गरेपनि अस्पताल नपु¥याउँदै उनको मृत्यु भएको निलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले जानकारी दिए । तिमिल्सिना खुलातर्फ वडा सदस्य निर्वाचित थिए ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ८ : १५ बजे