Logo

मुख्य समाचार

प्रधानमन्त्रीलाई जनार्दनको प्रश्न : भूकम्पको पुर्ननिर्माण कहिले गर्नुहुन्छ ? 



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जाजरकोट भूकम्पको झन्डै पाँच महिनापछि पुर्ननिर्माणको काम अगाडि बढाउने आश्वासन दिएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी बनेका प्रधानमन्त्री दाहालले जाँजरकोटमा भूकम्प गएको झन्डै पाँच महिनापछि पुर्ननिर्माण शुरु गर्ने बताएका छन् । उनले जाजरकोटसँगै डोटी र बझाङमा पनि भूकम्पपछिको पुर्ननिर्माण कार्यलाई सरकारले सिघ्र शुरु गर्ने आश्वासन दिए ।

माओवादी सांसद जर्नादन शर्माले जाँजरकोट, बझाङ र डोटीमा गएको भूकम्पले गरेको भौतिक क्षतिको पुर्ननिर्माण गर्न बजेटको व्यवस्था गरी कहिलेबाट सरकारले काम शुरुआत गर्छ भनेर सोधेको प्रश्नमा दाहालले सीघ्र पुर्नर्निमाणको काम अगाडि बढाउने बताए ।

‘जाजरकोट, बझाङ र डोटीको पुर्ननिर्माणको सन्दर्भमा विपद प्रभावित निजी आवास प्रवलीकरण, पुर्नर्निमाण तथा पुर्नस्थापना कार्यविधि २०८० का आधारमा भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुर्ननिर्माणको कार्यलाई दिने विषय सरकारको उच्च प्राथमिकतामा छ र अब यो कार्य सिघ्र प्रारम्भ गरिनेछ’ प्रधानमन्त्री दाहालले भने ।  जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गत कार्तिक १७ गते गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी १५४ जनाको मृत्यु भएको थियो । २६ हजारभन्दा बढी घरहरूमा पूर्ण रूपमा क्षति पुगेको छ थियो ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ३ : ४८ बजे