Logo

मुख्य समाचार

कांग्रेसलाई गृहमन्त्रीको जवाफ : अनुसन्धान गर्दागर्दैका मान्छेलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकताको कुरा गर्ने ?



काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफू काम गर्न आएको भन्दै काम गरेर देखाउने बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राजीनामा मागिरहेको बेलामा गृहमन्त्री लामिछानेले राजीनामा नभएर काम गर्ने जवाफ दिए ।

प्रतिनिधिसभाको आज (मंगलबार) बसेको बैठकमा सहभागी भएर बाहिरिने क्रममा पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले कांग्रेसलाई चार वर्ष संसद अवरुद्ध गर्न पनि चुनौती दिए । गृहमन्त्री लामिछानेले संसद अवरोध गर्ने र संसदीय समितिको माग गर्ने कुरा कांग्रेसको अधिकारको कुरा भएको स्पष्ट पारे ।

मन्त्री लामिछानेले भने,‘माग गर्ने कुरा एउटा छ, अब कुन ढंगले जान्छ हेर्दै जाउँ । म राजीनामा होइन काम गर्छु ।’ उनले कांग्रेसल दूधले नुहाएको पार्टी नभएको पनि टिप्पणी गरे ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ३ : ४५ बजे