Logo

मुख्य समाचार

अनलाइन क्यासिनो गेम खेलाउने तीन महिला सहित चार पक्राउ



काठमाडौं । अनलाइन क्यासिनो गेम खेलाएको आरोपमा काठमाडौंका विभिन्न स्थानबाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जना महिला सहितचार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा काभ्रेको मण्डनदेउपुर नगरपालिका-१० घर भएकी २६ वर्षीया सरिता लामा, खोटाङको हलेसी तुवाचुङ गाउँपालिका बाहुनीडाँडा घर भएकी २३ वर्षीया पूणर्िमा राई, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका-८ घर भएकी २५ वर्षीया सारङ्गा गुरुङ, र नुवाकोट शिवपुरी गाउँपालिका-१ घर भई हाल गोकणर्ेश्वर नगरपालिका -४ बस्ने २८ वर्षीय तेम्बा लामा रहेका छन् ।

प्रहरीले उनीहरुबाट अनलाइन गेम खेलाउन प्रयोग भएका ५ थान ल्यापटप र ११ थान मोबाइल समेत बरामद गरेको छ ।

उनीहरुले फायरक्रिन एप्लिेकेशन,क्यास एप मार्फत अनलाइन क्यासिनो गेम खेलाउने गरेको अनुसन्धानको क्रममा खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  १२ : ३२ बजे