Logo

मुख्य समाचार

धनगढीमा श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या, उडान हुन सकेन



धनगढी । काठमाडौंबाट धनगढी आएको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएको छ ।

एएनएच २२७ उडान नम्बरको श्री एयरलाइन्सको विमान सोमबार साँझ धनगढी आइपुगेको थियो । उक्त विमानको अगाडिको चक्कामा समस्या देखिएपछि मंगलबार उडान गर्न नसकिएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानको अगाडिको चक्कामा समस्या देखिएकाले उडान हुन नसकेको श्री एयरलाइन्सका धनगढी प्रमुख गजेन्द्रबहादुर शाहीले जानकारी दिए ।

धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले पनि विमानको प्राविधिक जाँचपछि मात्रै उडान अनुमति दिइने जानकारी दिए ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  १२ : १९ बजे