Logo

मुख्य समाचार

पानीको अभाव र जलवायु असर हाम्रा प्रमुख चुनौति हुन : मन्त्री बस्नेत



काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेले नेपालको जल सुरक्षा र जलवायु जोखिम न्यूनीकरणका लागि स्रोतको अभाव रहेको बताएका छन् ।

सोमबार ललितपुरमा आयोजित आकाशे पानी सम्बन्धी क्षेत्रीय सम्मेलनमा बोल्दै उनले पानीको कमी र जलवायु परिवर्तनका असरहरू प्रमुख चुनौतिका रुपमा देखिएकाले यसको व्यवस्थापनमा सबैको सहयोग आवश्यक रहेको औंल्याए ।

मन्त्री बस्नेतले वर्षाको पानी भण्डारण गरेर पानीको अभावलाई कम गर्न, कृषि उत्पादकत्वमा सुधार गर्न र जलवायु परिवर्तनका प्रभावहरू विरुद्ध लड्न सहज हुने बताए । ‘मन्त्रालयमार्फत मैंले नवीन प्रविधि, सहयोगी साझेदारी र प्रभावकारी नीतिहरूको सकारात्मक भूमिकालाई मान्यता दिएको छु । हाम्रो प्राथमिकता भनेको वर्षाको पानी संकलन गर्ने, पानीको अभावलाई कम गर्न, कृषि उत्पादकत्वमा सुधार गर्न र जलवायु परिवर्तनका प्रभावहरू विरुद्ध लड्ने हो,’ उनले भने ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १२ : ४९ बजे