Logo

कर्पोरेट

हिमालयन बैंकको गोंगबु शाखा हात्तीगौंडामा स्थानान्तरण



काठमाडौं । हिमालयन बैंक लिमिटेडले गोंगबु शाखालाई बूढानीलकण्ठस्थित हात्तीगौंडामा स्थानान्तरण गरेको छ ।

सिभिल बैंकलाई प्राप्ति गरेसँगै नजिकका शाखा सञ्जालहरुलाई अन्यत्र स्थानन्तरण गर्ने क्रममा सो शाखालाई हात्तीगौंडा स्थानन्तरण गरिएको बैंकले जनाएको छ ।

२७ फागुनमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले सो शाखाको उद्घाटन गरेका हुन् ।

यसैगरी बैंकको कावासोती शाखालाई पनि नवलपुरको गोछडामा स्थानान्तरण गरिएको बैंकले जनाएको छ । सो शाखाबाट पनि २७ फागुनदेखि नै ग्राहकलाई सेवा प्रवाह गरिएको बैंकले जनाएको छ ।

देशभरि जम्मा १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६ हजार ५०० भन्दा बढी पीओएस टर्मिनल्स र १७ हजार भन्दा बढी विप्रेषन भुक्तानी केन्द्रहरुबाट ग्राहकहरुलाई विभिन्न बंैकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  २ : ३४ बजे