Logo

धर्म / संस्कृति

बल्थलीमा कोटिहोममा पुगे राष्ट्रपति पौडेल


२७ फाल्गुन २०८०, आइतबार  

46
Shares

काभ्रे । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार पनौतीको बल्थलीमा जारी कोटिहोममा सहभागी भएका छन् । उनले त्यहाँ पूजाअर्चना गर्नुका साथै फूलप्रसाद ग्रहण गरेका छन् ।

उक्त अवसरमा उनले कोटिहोमबाट देश र जनताको कल्याण होस भन्ने कामना गरे । ओमकार फाउण्डेसनले उक्त कोटिहोम आयोजना गरेको हो ।

पुण्य र पवित्र कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको बताउँदै राष्ट्रपति पौडेलले यसबाट समाज, देश र जनताको कल्याण हुने विश्वास व्यक्त गरे । यसप्रकारको कार्यक्रम गरेकोमा उनले आयोजकको सराहना पनि गरे ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ४ : ३९ बजे