Logo

मुख्य समाचार

राष्ट्रिय सभा अध्यक्षको चुनाव मंगलबार, सूचना प्रकाशन गर्न उपाध्यक्ष अर्यालको निर्देशन


२७ फाल्गुन २०८०, आइतबार  

46
Shares

काठमाडौं । फागुन २९ गते राष्ट्रिय सभा अध्यक्ष पदका लागि हुने निर्वाचनको सूचना प्रकाशन गर्न राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले आज निर्देशन दिएकी छन् ।

उपाध्यक्ष अर्यालले संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेलाई सूचना प्रकाशनका लागि निर्देशन दिएकी हुन् ।

यही फागुन २० गतेबाट रिक्त अध्यक्षको पदपूर्तिका लागि फागुन २९गते मंगलबार निर्वाचन गरिने मिति तय भएको आइतबारको राष्ट्रिय सभा बैठकमा अर्यालले जानकारी गराइन् ।

आइतबारको सर्वदलीय बैठकमा कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको चुनाव सार्न आग्रह गरे पनि फागुन २९ गतेलाई नै चुनाव मिति तोकिएको हो ।

५९ सदस्यीय राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्र सबैभन्दा ठुलो पार्टी छ । उसको उपाध्यक्षसहित १८ सांसद छन् । यस्तै, कांग्रेस १६ सिटसहित दोस्रो ठुलो दल हो । एमालेका १० जना सांसद छन् । एकीकृत समाजवादी ८, जसपा ३, लोसपाको पनि एक जना सांसद राष्ट्रिय सभामा छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  २ : ०३ बजे